शहरी विकासमा १ खर्ब १८ अर्ब विनियोजन


काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि शहरी विकासका लागि एक खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुकुमार पौडेलले आज संसदमा प्रस्तुत गरेको बजेटमा शहरी विकास मन्त्रालयअन्तर्गतका निकायहरुमा भएका विनियोजनहरु निम्न छन् :
१. नागरिकको सुरक्षित आवासको संवैधानिक हकको प्रत्याभूति गरिनेछ । शहरी विकासलाई उत्पादन वृद्धि, व्यवसाय विस्तार र रोजगारीका अवसरसँग आबद्ध गरिनेछ ।
२. सामूहिक आवास विकासको लागि जग्गा प्राप्ति र वित्तीय पँहुच उपलब्ध गराइनेछ। निजी क्षेत्रबाट निर्माण तथा सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिनेछ। सम्भाव्यताको आधारमा जग्गा एकीकरण र सुपथ मूल्यका आवास विकास गरिनेछ।
३. स्मार्ट सिटी र इको भिलेजअनुरूपका पूर्वाधार निर्माण गर्न अध्ययन गरिनेछ । जोखिमयुक्त र छरिएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सुविधायुक्त एकीकृत बस्तीमा विकास गरिनेछ । बस्तीको मौलिक स्वरूप र स्थानीय वास्तुकलाको प्रवद्र्धन गरिनेछ। देशभरका ५० वस्तीहरूको संरक्षण र पूर्वाधार सुधारका लागि बजेटको व्यवस्था गरेको छु।
४. निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थित शहर विकास गरिनेछ। काठमाडौँ उपत्यकाको ईशान, आग्नेय, तारकेश्वर र डुकुछापमा जग्गा विकास आयोजना सञ्चालन गरिनेछ।
५. काठमाडौँ उपत्यका लगायत प्रमुख शहरहरूको सौन्दर्य तथा आधारभूत सेवाको गुणस्तर वृद्धि गर्न युटिलिटी कोरिडोरको अवधारणा कार्यान्वयन गरिनेछ।
६. काठमाडौंको शंखरापुरमा जहरसिंह पौवा स्टेडियम र गणेशमान सिंह पार्क तथा बुढानिलकण्ठ–गोकर्णेश्वरमा मदन भण्डारी बहुउद्देश्यीय पार्कको निर्माण कार्य शुरू गरिनेछ। तनहुँको चुदी रम्घामा भानु साहित्य उद्यान निर्माण गरिनेछ। काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिनेछ।
७. नवलपरासी पूर्वको जिल्ला सदरमुकाममा पूर्वाधार निर्माण कार्यलाई तीब्रता दिन रु. ८० करोड विनियोजन गरेको छु। स्थानीय तहका निर्माणाधीन १२९ प्रशासकीय भवन सम्पन्न गर्न रु. एक अर्ब विनियोजन गरेको छु ।
८. आगामी वर्ष सङ्घीय संसद र सर्वोच्च अदालतको भवन निर्माण सम्पन्न गरिनेछ। पुरातात्त्विक महत्त्वका शितल निवास, हरिहरभवन, श्रीमहल र ग्यालरी बैठकको पुननिर्माण गरिनेछ।
९. स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा आधुनिक प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र स्थापना गरी ऊर्जा, मल, ब्रिकेट लगायतका सामग्री उत्पादन गरिनेछ।
१०. बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरूलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गरिनेछ। काठमाडौं उपत्यका भित्रका कोरिडोर सडक विस्तार गर्दै लगिनेछ। यसका लागि रु. ३ अर्ब ४२ करोड विनियोजन गरेको छु।
११. मध्य पहाडी पुष्पलाल राजमार्गका प्रमुख दश स्थानमा नयाँ शहर निर्माण कार्य अघि बढाउन रु. १ अर्ब ७० करोड विनियोजन गरेको छु। देशभरका विभिन्न शहरी पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि सघन शहरी विकास कार्यक्रम अन्तर्गत रु. ५ अर्ब ३६ करोड विनियोजन गरेको छु। साथै स्थानीय पुल तथा झोलुङ्गे पुल निर्माणका लागि रु. ८ अर्ब ९० करोड विनियोजन गरेको छु।
१२. नगर विकास कोषको पूनर्संरचना गरी लगानी क्षमता अभिवृद्धि गरिनेछ। तराई मधेश समृद्धि तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रमलाई निरन्तरता दिन रु. १ अर्ब २ करोड विनियोजन गरेको छु।
१३. जनता आवास कार्यक्रम अन्तर्गत एक हजार घर निर्माण र सुरक्षित नागरिक आवास अन्तर्गत ५ हजार घरको फुसको छानो विस्थापन गर्न रु. ७५ करोड विनियोजन गरेको छु।
१४. आर्थिक वर्ष २०८२÷८३ मा ७२७ किलोमिटर शहरी तथा ग्रामीण सडक कालोपत्रे तथा स्तरोन्नति, ४६ स्थानीय सडकपुल र २०० झोलुङ्गेपुल निर्माण सम्पन्न हुनेछ।
१५. शहरी विकास मन्त्रालयको लागि रु. १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरेको छु।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्