सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार


काठमाडौं: बिहीबार नेपालको सेयर बजारमा फेरि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १८.४० अंकले घटेर २४८७ अंकमा झरेको हो। यो स्तर गत वर्ष असोज १३ यताकै न्यून बिन्दु मानिएको छ ।
लगातार केही दिनदेखि बजार ओरालो लागेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको र ९ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
यद्यपि, कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन ३ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ ।
क्षेत्रगत सूचकमा हेर्दा बैंकिङ समूह ०.०२ प्रतिशतले मात्र वृद्धि भएको छ भने बाँकी सबै समूह घटेका छन् ।
त्यसअनुसार, विकास बैंक समूह १.१५ प्रतिशत, फाइनान्स १.२८ प्रतिशत, जलविद्युत १.०३ प्रतिशत, लगानी ०.४९ प्रतिशत, जीवन बीमा ०.८९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत, माइक्रोफाइनान्स ०.७३ प्रतिशत, निर्जीवन बीमा ०.५३ प्रतिशत, अन्य समूह २.२१ प्रतिशत र व्यापार समूह ०.३९ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै कालिका लघुवित्त ५.६९ प्रतिशत, इनिफिनिटी लघुवित्त ३.८९ प्रतिशत, र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स ३.७९ प्रतिशतले बढेका छन् ।
विपरीत, समाज लघुवित्तको मूल्य १० प्रतिशत, युनिक नेपाल लघुवित्तको ७.३३ प्रतिशत, समता घरेलु लघुवित्तको ६.२५ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावरको ४.८७ प्रतिशत र नेपाल पुनर्बीमाको ४.२१ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।
विश्लेषकका अनुसार, हालको बजारमा तरलता समस्या, उच्च ब्याजदर र राजनीतिक अनिश्चितताले लगानीकर्ताको विश्वास कमजोर बनाएको छ, जसले बजारमा निरन्तर दबाब बढाइरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तीन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने