सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

निजी क्षेत्रका २० जलविद्युत् आयोजना प्रभावित, १५ आयोजनामा दुई अर्ब ३१ करोड रुपैयाँ क्षति भएकाे प्रारम्भिक अनुमान

यी हुन् बाढीले क्षति पुर्याएका निजी क्षेत्रका जलविद्युत् आयाेजनाहरु, कहाँ कति क्षति ?

जलसरोकार
आइतबार, असोज १३, २०८१ | १३:३४:५१ बजे
२२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको पावर हाउसमा बाढीले पुर्‍याएको क्षति । तस्वीर सौजन्य : इप्पान

काठमाडौं :  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले बाढी पहिरोका कारण क्षतिग्रस्त निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनाहरुको प्रारम्भिक विवरणअनुसार २० आयोजना प्रभावित, १५ आयोजनामै दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएकाे प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । इप्पानले क्षतिकाे बाँकी विवरण आउन बाँकी रहेको छ । 

 

इप्पानका अनुसार बाढी तथा पहिराेबाट क्षतिग्रस्त निजी क्षेत्रका जलविद्युत् आयाेजनाहरुकाे विवरण यस्ताे छ :

१) मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमती  जलविद्युत आयोजना, मकवानपुर (विद्यु्त्‌गृह पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिव १ अर्ब रुपैयाँ बराबरको क्षति ।
२) माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, विद्यु्त्‌गृह डुबानमा परेको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।
३) पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) क्षति एकिन हुन बाँकी ।
४) साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवर्क्समा क्षति, उत्पादन बन्द) क्षति एकिन हुन बाँकी ।
५) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिव ५ करोड रुपैयाँ बराबर क्षति ।
६) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।
७) फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति) करिब १० करोड रुपैयाँ बराबर क्षति ।
८) सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिव २ करोड रुपैयाँ बराबर क्षति ।
९) सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) क्षति एकिन हुन बाँकी ।
१०) इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति एकिन हुन बाँकी
११) माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति ।
१२) हेवाखोला जलविद्युत आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, विद्यु्त्‌गृहमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) करिव १० करोड रुपैयाँ बराबर क्षति ।
१३) सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।
१४) सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) करिव ३ करोड रुपैयाँ बराबर क्षति ।
१५) लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिव ८ करोड रुपैयाँ बराबरको क्षति ।
१६) सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, विद्यु्त्‌गृह स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।
१७) लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति । क्षतिको रकम एकिन हुन बाँकी ।
१८) खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, विद्यु्त्‌गृह डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति । 
१९) टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, विद्यु्त्‌गृह डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति । 
२०) माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति, करबि २ करोड रुपैयाँ बराबरको क्षति 

प्रकाशित मिति : आइतबार, असोज १३, २०८१ | १३:३४:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया