ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल


काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, सौर्य ऊर्जा, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना तथा ऊर्जा रुपान्तरणका सम्भावित सहयोगका क्षेत्र बारे छलफल गरेका थिए ।
मन्त्री घिसिङले जर्मनीले नेपाललाई दीर्घकालीन रूपमा पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै सहयोग विस्तारको आग्रह गरे । उनले जर्मनीको सहयोगमा निर्माण भएका मध्यमस्र्याङ्दी र मस्र्याङ्दी जलविद्युत आयोजनालाई नेपालको ऊर्जा क्षेत्रका “लाइफ लाइन आयोजना” का रूपमा स्मरण गरे ।
त्यस्तै, उनले जर्मनी र युरोपेली सङ्घको संयुक्त सहायतामा सन् २०२९ सम्म विकास हुँदै गरेको पोखरा–बुटवल–भरतपुर “हरित त्रिकोण परियोजना” ऊर्जा खपत र विद्युतीय सवारी प्रोत्साहनका लागि महत्वपूर्ण रहेको बताए । सो परियोजनाअन्तर्गत प्रसारण तथा वितरण सञ्जाल विस्तार, चार्जिङ स्टेशन स्थापना, र ट्रली बस सञ्चालन सम्भावनाबारे अध्ययन गर्न सहकार्य गर्न उनले अनुरोध गरे ।
मन्त्री घिसिङले जेन–जी आन्दोलनका क्रममा अगलागीबाट क्षति पुगेका सार्वजनिक संरचनाको परीक्षण र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराउन पनि जर्मन पक्षसँग आग्रह गरे ।
भेटका क्रममा राजदूत भोल्जले जर्मनीले आगामी दुई वर्षका लागि नेपालका सहयोग प्राथमिकता क्षेत्रहरू पुनरावलोकन गर्न डिसेम्बरमा परामर्श टोली नेपाल आउने जानकारी गराउँदै ऊर्जा क्षेत्रलाई निरन्तर समर्थन रहने आश्वासन दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता