आज ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक


काठमाडौं : नेपाल राष्ट्र बैंकले आज आइतबार ३० अर्ब रुपैयाँ खिच्न लागेको छ ।
राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा खिच्दै आएको छ । सोही क्रममा आज पनि ३० अर्ब खिच्न लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज ३ बजे अनलाइन बोलकबोल गर्न सक्ने उल्लेख छ ।
निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । यसको साँवा तथा ब्याज भुक्तानी आगामी २१ वैशाखमा हुनेछ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ