‘दरमखोला जलविद्युत आयोजना’ को काम अन्तिम चरणमा


बागलुङ : दरमखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको आयोजनाको आगामी असारमा सञ्चालनमा आउने गरी धमाधम काम भइरहेको छ । विसं २०६५ जलविद्युत निर्माण गर्ने भनिए पनि २०७७ सालदेखि मात्रै काम सुरु भएको थियो । अहिलेसम्म पाइलाइन, विद्युत गृह निर्माणसहित ९६ प्रतिशत काम सकिएको जनाइएको छ ।
सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालीले काम गरि रहेको छ । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरि साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युतगृह निमार्ण गरिएको छ । यो हाइड्रोपावर बागलुङ जिल्लाकै सबैभन्दा ठूलो भएको जनाइइको छ । उक्त आयोजनाबाट ९.६ मेघावाट विद्युत उत्पादन हुने दरमखोला हाइड्रो इनर्जी प्रा.लिका इन्जिनियर निरज दासले जानकारी बताए ।
अब विद्युत गृह भित्रको केही काम बाँकी रहेको जनाउँदै आगामी असार महिना भित्रै विद्युत उत्पादन गर्ने गरि काम भएको उनले जानकारी दिए ।
यस हाइड्रोपारवलाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने उनको भनाइ छ । लाइन तान्ने र पोल गाड्ने काम विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले गरि रहेको दास बताउछन् । उनले भने,“ आयोजनाको धेरै काम सकियो, अब केही ‘इन्टरर्नल’ काम मात्रै बाँकी छन्, ति काम पनि छिट्टै सकिने गरि भइरहेका छन्, हामीहरुले पाइपलाइनमार्फत दरमखोलाको पानी लिएर विद्युत उत्पादन गर्न थालेका हौँ, काँडेबासमा ड्याम निर्माण गरेर मनेवामा पावर हाउस निर्माण भएको छ, अबको दुई महिनामा विद्युत उत्पादन हुनेछ ।”
जलविद्युत आयोजनाको निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुन ‘निरज’ले हाइड्रोपावर रु दुई अर्ब १५ करोड लगानीमा निर्माण भइरहेको बताए । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरि इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उनको भनाइ छ ।
जिल्लाका विकट क्षेत्रमा विद्युत पु¥याउने उद्देश्यले हाइड्रोपावर निर्माण गरेको उनले जानकारी दिए । “यो हाइड्रोपावर निर्माण गर्न धेरै समय लाग्यो, १७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरुले नयाँ कम्पनी बनाएर काम ग¥यौँ, प्रक्रिया धेरै पहिले सुरु भए पनि काम थालेको पाँच वर्ष भयो” अध्यक्ष पुनले भने,“यहाँबाट विद्युत उत्पादन भएपछि हरिचौर सवस्टेशनमा जोड्ने तयारीमा छौँ, एक डेढ महिनामा यो विद्युत बल्छौँ, यो बागलुङकै ठूलो हाइड्रोपावर हो ।”
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्