ठूला जलविद्युत् आयोजना अगाडि बढाउनेबारे छलफल


काठमाडौँ, : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गरेका हुन् ।
मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गरेको मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
बैठकमा माथिल्लो कर्णाली, बूढीगण्डकी, वेतन कर्णाली, अरुण तेस्रो, पश्चिम सेती जलविद्युत्जस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल भएको थियो । 'ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउनका लागि आवश्यक पर्ने लगानी, पूर्वाधार, कानुनी रुपरेखासहित विषयलाई समन्वयनात्मक तवरले अगाडि बढाउन बारेमा छलफल भएको छ,' वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले भने ।
बैठकमा जलाशययुक्त ठूला जलविद्युत् आयोजना निर्माण गर्दा आवश्यक पर्ने वित्तीय तथा व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने विषयमा समेत छलफल भएको छ । बैठकमा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव चिरञ्जीवी चटौत, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मन्त्रालयका अर्थ विज्ञ अमित श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख