गभर्नर नियुक्ति हुने निश्चित भएपछि निर्देशक डा.गुणाकर भट्टले दिए राजीनामा


काठमाडौं: नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । शुक्रबार नै उनले उक्त पदबाट राजीनामा बुझाएका हुन् ।
सत्तारुढ दुई दलबीच गभर्नर राष्ट्र बैंकको कसलाई बनाउने भन्ने विषयमा सहमति जुटेसँगै भट्टले पदबाट राजीनामा दिएका हुन् ।
अहिले गभर्नर पद रिक्त रहेको छ । गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले राजीनामा बुझाएको बुझिएको छ ।
सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ