दुईवर्षे कार्यकालमा चुनौतीहरूलाई अवसरमा बदल्ने प्रयास सफल : अध्यक्ष ढकाल


काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको महत्त्व र आर्थिक सुधारका लागि सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन् ।
महासंघको ५९औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले महासंघको दुईवर्षे कार्यकालमा चुनौतीहरूलाई अवसरमा बदल्ने प्रयास सफल भएको बताए ।
सहुलियतपूर्ण कर्जा, कम ऋण अनुपात र पर्याप्त विदेशी विनिमय सञ्चितिका कारण संकट टरेको उनको भनाइ थियो । तर, अत्यधिक सतर्कताले व्यापार अनौपचारिक बनेको र राजस्वमा असर परेको उनले औँल्याए । पछिल्लो त्रैमासमा ५ प्रतिशत आर्थिक वृद्धि भए पनि व्यवसायीको मनोबल कमजोर रहेको सर्वेक्षणले देखाएको उनले बताए ।
देशभित्र मर्यादित रोजगारी सिर्जनाको आवश्यकता जोड्दै निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी दिएपछि तर सरकार समृद्धि लक्ष्यमा सहयोगी बन्न सक्ने उनले भने, । दक्षिण कोरिया र बंगलादेशको उदाहरण दिँदै नेपालले पनि प्रगति गर्न सक्ने विश्वास व्यक्त गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ