कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

जलसरोकार
शनिबार, कात्तिक ०१, २०८२ | ११:४६:०२ बजे

काठमाडौ :  विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज शनिबार  सिंगापुरका राष्ट्रपति थार्मान शनमुगारात्‌नमसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तीव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, ऊर्जा,  व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिए । अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहनाअनुरुप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताए ।

अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षसहितका अधिकारीहरुसँग समेत अन्तर्क्रिया गरे । उक्त अवसरमा उनले अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिए । अर्थमन्त्री खनालले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरे । 

अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीहरुले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिंदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकिय प्रबन्धहरुमा सुधारको खाँचो रहेको बताएका थिए। प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रबन्धहरुमा तत्काल सुधार गर्ने उल्लेख गर्दै कानुनी सुधारका लागि समेत आवश्यक तयारी गरिने आश्वासन दिए ।

 

प्रकाशित मिति : शनिबार, कात्तिक ०१, २०८२ | ११:४६:०२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया