सुनको मूल्यमा रेकर्ड क्रम जारी, प्रतितोला १ लाख ८० हजार नजिक


काठमाडौं ः चार दिनदेखि सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी छ । मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन भाउ प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ तोकेको छ । आजको मूल्य अघिल्लो दिनको तुलनामा १८ सय बढी हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुन आइतबार १ लाख ७६ हजार ८ सय पुग्यो । सोमबार ११ सय बढेर १ लाख ७७ हजार ९ सय पुगेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल