अर्थतन्त्रलाई चलायमान बनाइ आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल


काठमाडौं ः मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको अर्थमन्त्री विष्णु पौडेलले दाबी गरेका छन् । अर्थमन्त्री पौडेलले सांसद सोबिता गौतमलाई संसद सचिवालय मार्फत पठाएको जवाफमा मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका हुन् ।
‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन । अधिकांश आर्थिक परिसूचकहरु सकारात्मक रहेकाले उक्त कुरा पुष्टि भएको छ, उनले भने । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाइ आर्थिक वृद्धि तथा आर्थिक स्थायित्व कायम गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले जीगिर गरे ।
अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय सँस्थाहरुको प्रभावकारी नियमन नेपाल राष्ट्र बैंकबाट भइरहेको बताए । कुनै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त देखिएमा नेपाल राष्ट्र बैंकबाट तत्काल सुधार परीक्षण गरी आवश्यक नियमन गर्ने कार्य नियमित रुपमा हुँदै आएको उनको भनाई छ ।
अर्थतन्त्रमा देखिएका वास्तविक समस्याहरु पहिचान गर्न र त्यस्ता समस्याहरुको लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनेको स्मरण गर्दै उक्त आयोगको प्रतिवेदनमा दिइएका सुझावहरू क्रमशः कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाइएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ