कुलमानको रिट कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अन्तरिम आदेश सम्बन्धमा परेको रीट सर्वाेच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलाशमा परेको छ ।
अग्राधिकार प्राप्त उक्त रिट पहिलो नम्बरमा रहेको छ ।
सरकारले गत चैत ११ गते कार्यकारी निर्देशक घिसिङलाई चार महिनाभन्दा बढी अवधि बाँकी छँदै बर्खास्त गरेको थियो । त्यसलगत्तै घिसिङले उत्पे्रषणको आदेश माग गर्दै सर्वाेच्चमा रीट दिएका थिए ।
गत शुक्रबार सर्वाेच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कुलमानको रीटलाई दुई न्यायाधीशको इजलासमा पठाउने आदेश दिएका थिए ।
गत आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा श्रेष्ठको इजलासमा परे पनि प्रत्यर्थी हितेन्द्रदेव शाक्यको तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले वकालतनामा दिएपछि हेर्न नमिल्ने भएको थियो । प्रधानन्यायधीश राउत र अधिकारी कुनै बेला सँगै फर्म सञ्चालन गरेकाले हेर्न नमिलेको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता
-
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँको अनुमान
-
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो