विकास हाइड्रोपावर कम्पनीलाई आईपीआकोे स्वीकृति


काठमाडौं : विकास हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त हाइड्रोपावर कम्पनीलाई ९० लाख ९१ हजार १३ कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको छ ।
४९ प्रतिशत सेयर सर्वसाधारण समूहको र ५१ प्रतिशत सेयर संस्थापकको हुनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो ।
सर्वसाधारण समूहको कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन हुने छ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले पहिले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्नेछ ।
यस कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं–३ महाराजगन्जमा छ । कम्पनीले गोरखा जिल्लामा ४.५ मेगावाट क्षमताको माछाखोला हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल