जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा जोशीलाई ल्याइयो


काठमाडौं, – जल तथा मौसम विज्ञान विभागका महानिर्देशक (डिजी)मा कमलराम जोशीलाई ल्याइएको छ ।
अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको हो ।
जोशी सोमबारदेखि नै विभागमा हाजिर भएका छन् । जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरिसकेका छन् ।
जोशीले २०५२ सालमा विद्युत् विकास विभागबाट हाइड्रोलोजिस्टको रुपमा सेवा प्रवेश गरेका थिए । २०६६ सालमा सिनियर डिभिजनल हाइइड्रोलोजिस्टको रुपमा उनी विभागमा जोडिएका थिए ।
२०७५ सालमा विभागको उपमहानिर्देशक बनेका जोशी २०७८ फागुनदेखि महानिर्देशक बनेका थिए ।
विभागमा १८ महिना बिताएपछि जोशीको सरुवा भएको थियो र जल तथा ऊर्जा आयोगमा रहेका डा. कर्माचार्य विभागमा महानिर्देशक बनेर आएका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल