खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण आज दिउँसो सवा एक बजे चार्ज


काठमाडौं : खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण आज दिउँसो सवा एक बजे चार्ज भएको छ ।
गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको उक्त प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (Emergency Restoration System-ERS) टावर प्रयोग गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्धक तथा टावर विज्ञ बलभद्र अधिकारीले जलसराेकारलाई बताए । उनै अधिकारीले यो टावरकाे डिजाइन गरेका हुन्
उक्त प्रसारण लाइनलाई औपचारिक तवरमा सञ्चालनमा ल्याउन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ पुगेका छन् ।
तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४ वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द थियो । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको थियो । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुन्छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ