प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो


तनहुँ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभर्ना प्रक्रिया अघि बढाइएको छ ।
आयोजनाले भोगचलन गर्ने वनक्षेत्र बराबरको जग्गा खरिद गरी नेपाल सरकारलाई बुझाउन वनसँग जोडिएका व्यक्तिको जग्गा सट्टाभर्ना कार्य अघि बढाएको हो ।
सार्वजनिक सूचना जारी गरेपछि तनहुँ खण्डबाट दुई जनाले न्यून क्षेत्रफलमा आवेदन दिएको र चितवन खण्डबाट कुनै पनि आवेदन नपरेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाले भोगचलन गरेको जग्गाको क्षतिपूर्तिवापत वनसँग जोडिएका व्यक्तिको जग्गा खरिद गरी नेपाल सरकारलाई उपलब्ध गराउन लागिएको उनले बताए ।
उक्त आयोजनाबाट तनहुँ खण्डमा ६७ हेक्टर र चितवन खण्डमा २५ हेक्टर वनक्षेत्र प्रभावित हुने छ । प्रमुख भण्डारीले भने, “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला सहजीकरण समितिको बैठकले सट्टाभर्ना संम्बन्धि जग्गाको टुङ्गो लगाउने छ ।”
वन मन्त्रालयसँगको समस्याले विद्युत् प्रसारण लाइनको निर्माण कार्य रोकिन पुगेको र रुख नभएको क्षेत्रमा निर्वाध रुपमा काम भइरहेको प्रमुख भण्डारीले बताए । अर्थ मन्त्रालयबाट वन मन्त्रालय, वन विभाग हुँदै डिभिजन वन कार्यालयमा आर्थिक वर्षका लागि बजेट सुनिश्चित गरेका कारण प्रसारण लाइनको निर्माण कार्य अघि बढाउन सहज भएको छ ।
आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारणलाइन निर्माणका लागि २०७७ असोजदेखि काम सुरु भएको थियो । रुख कटानका विषयमा मन्त्रिपरिषद्बाट स्वीकृति पाए पनि कार्यान्वयनमा नआउँदा निर्माण कार्य प्रभावित भएको थियो । “कूल ९४ टावरमध्ये ६९ वटा ठडाइएको छ”, प्रमुख भण्डारीले भने, “एघार टावरको सबै काम सम्पन्न भएको छ । १४ वटाको पूरै काम गर्न बाँकी छ ।”
तनहुँको तुलनामा चितवन खण्डमा सालका ठूला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नआउँदा काम प्रभावित भएको आयोजना प्रमुख भण्डारीले बताए । तनहुँ खण्डमा रहेका सामुदायिक वनसँग आयोजनाले समन्वय गरी काम गरेका कारण सहज बनेको छ ।
चितवन खण्डमा ठूला सालका रुख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेकाले कार्य प्रभावित भएको प्रमुख भण्डारीले बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव