एनएमबी बैंकको आईएफसी, बीएलएल र मेटलाइफसँग साझेदारी, नेपालमै पहिलो पटक ‘हरित बन्ड’ जारी गरिदै


काठमाडौं: एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आईएफसी, बीएलएल र मेटलाइफसँग साझेदारी गरेको छ । नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित ‘हरित बन्ड’ जारी गर्ने उद्देश्य साथ
बैंकले उक्त साझेदारीपत्रमा हस्ताक्षर गरेको हो ।
यस साझेदारी मार्फत जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने लक्ष्य लिइएको बैंकले जनाएको छ ।
बन्डबाट संकलित रकम विशेषतः सौर्य ऊर्जा, विद्युतीय सवारीसाधन, हरित भवन निर्माण, बायोमास परियोजना जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरिने छ । यस पहलले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार गोयलले नवीकरणीय ऊर्जा लगायत क्षेत्रमा परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे ।
साथै, उनले एनएमबी बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेश भित्र्याइ जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभाव न्यूनीकरण गर्न थप सहयोग पुग्ने बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल