ऊर्जा मन्त्री खड्कालाई उच्च अदालत पाटनको झड्का, सञ्चालक नियुक्ति बदरमा अन्तरिम आदेश


काठमाडौं : उच्च अदालत पाटनले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा ऊर्जा मन्त्री दीपक खड्काले गरेको नियुक्ति बदर माग गर्दै परेको रिटमा शुक्रबार अन्तरिम आदेश जारी गरेको छ ।
ऊर्जा मन्त्री खड्काले गत पुस २ गते लक्ष्मण केसीलाई प्राधिकरण सञ्चालक समितिको सदस्यमा मनोनयन गरेका थिए ।
केसीको नियुक्तिविरुद्ध कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका वडा नं. १६ बस्ने जनार्दन जोशीले यही पुस १८ गते उच्च अदालत पाटनमा उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ भने रिट हालेका थिए ।
अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले गत पुस १९ गते अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा विपक्षीलाई समेत झिकाउने आदेश दिएका थिए । आजको इजलासले केसीको नियुक्ति सम्बन्धमा अन्तरिम आदेश जारी गरेको हो ।
यो मुद्दाको अन्तिम किनारा नलागेसम्म अब केसी प्राधिकरणको सञ्चालकका रुपमा काम गर्न पाउने छैनन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तीन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने