जलाशययुक्त सुनकोशी ३ मा तीन अन्तर्राष्ट्रिय परामर्शदाताको प्रस्ताव

काठमाडौं : सुनकोशी जलाशययुक्त विद्युत् आयोजना (६८३ मेगावाट) को विस्तृत इन्जिनियरिङ डिजाइन र टेण्डर डकुमेन्ट तयार गर्न नेपाल विद्युत् प्राधिकरणले आव्हान गरेको परामर्शदाता छनौटका लागि तीन अन्तर्राष्ट्रिय कम्पनीको प्रस्ताव परेको छ ।
प्राधिकरण स्रोतका अनुसार हिजो खोलिएको प्राविधिक प्रस्तावमा फिश्चनर एण्ड टेमेलसु एण्ड पिनि, ट्रयाक्टवेल जर्मनी र ट्रयाकवेल भारतको संयुक्त उपक्रम र डोलसार–स्मेक जेभी छन् ।
यिनीहरुको पहिलो प्राविधिक मूल्यांकन भइसकेपछि मात्र वित्तीय मूल्यांकन हुने प्राधिकरण स्रोतले जानकारी दियो । एउटै खाममा प्राविधिक र वित्तीय प्रस्ताव हाल्न भनिएको थियो । प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएकाहरुको वित्तीय मूल्यांकनमा सबैभन्दा कम कबोल गर्नेलाई परामर्शदाता नियुक्त गर्ने गरी प्राधिकरणले प्रस्ताव गरेको थियो ।
सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुलीमा संरचना क्षेत्र पर्ने यो आयोजना बंगलादेशसँग मिलेर संयुक्त रुपमा निर्माण गर्न आगामी मंगलबारदेखि हुने ऊर्जा सचिव स्तरीय बैठकमा छलफल हुँदैछ । बंगलादेशसँग मिलेर वा एक्लैले जे गरे पनि यसको विस्तृत अध्ययन भने प्राधिकरणले गर्दै आएको थियो ।
इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आईएचए) को गाइडलाइन अनुसार अध्ययन कार्य पूरा गर्नुपर्ने भएकाले यसको सम्भाव्यता अध्ययन पूरा भए पनि पुनः अन्तर्राष्ट्रिय मापदण्डको अध्ययनका लागि प्रस्ताव गरिएको हो ।
आगामी दुई महिनाभित्र परामर्शदाता छनाैट गरिने प्राधिकरणको योजना छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल