पियोर इनर्जीको आईपीओ निष्काशन


काठमाडौं ः पियोर इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) निष्काशन गरिएको छ । यस कम्पनीको आईपीओ बिहीबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको थियो । आजदेखि भने सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिएको हो । कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । जसको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ ।
सर्वसाधारणले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। वैशाख २ गतेसम्म बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ