राप्ती लोकमार्गको थप सडक स्तरवृद्धि हुँदै


दाङ,: राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुरबाट सल्यान कपुरकोटसम्म स्तरवृद्धि हुन बाँकी खण्डको काम अघि बढेको छ । हाल कपुरकोटबाट राम्रीसम्म यही वैशाख १४ सम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर स्तरवृद्धि गर्न लागिएको हो ।
नियमित सवारीसाधन सञ्चालनमा आउँदा स्तरोन्नतिको काम प्रभावित भएको भन्दै गत सोमबारदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर काम अघि बढाइएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिए । उनका अनुसार साना तथा अत्यावश्यक सवारीसाधनका लागि पैयाखोरिया–सातावास–किमुचौर–कपुरकोट खण्ड प्रयोग गर्ने गरिएको छ । ठूला सवारीसाधन भने जाममा पर्ने गरेका छन् ।
सडक विस्तार तथा निर्माण भइरहेकाले निर्माण व्यवसायीको आग्रहमा वैशाख ८ देखि १४ गतेसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । चार किलोमिटर सडक विस्तारका लागि रु १३ करोड २३ लाखमा आरडी उज्वल लोकमणि ज्वाइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरी काम सुरु गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुवेदीले बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल