सान्भी इनर्जीको आईपीओ खुल्यो


काठमाडौं: प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आजदेखि सान्भी इनर्जीको आईपीओ खुलेको छ । पहिलो चरणमा स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । यो बाँडफाँटपछि मात्रै सर्वसाधारणका लागि खुल्नेछ ।
आयोजना प्रभावित स्थानीयले छिटोमा वैशाख १९ गतेसम्म तथा सो अवधिसम्म पूरा बिक्री नभएमा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ । न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । इलामस्थित नबिल बैंक, कुमारी बैंक र ग्लोबल आईएमई बैंकका शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ