२६७६ अंकमा झर्यो सेयर बजार, घट्यो कारोबार


काठमाडौं ः अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।
बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भयो । ४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार सेक्टर ३.८ प्रतिशत बढ्यो ।
बैंकिङ ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४, होटल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बीमा ०.३८ र अन्य समूह १.३९ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै राधि विद्युत्को ४.२८, सयपत्री हाइड्रोको ४.१५, विशाल बजारको ४.०६ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, नेपाल पुनर्बीमा र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख