सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं: सुपर मादी हाइड्रोपावर लिमिटेडको आज भएको १५ औं साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
उक्त बोनस शेयरको कर प्रयोजनका लागि नगद लाभांश ५५ लाख २६ हजार ३ सय १६ रुपैयाँ पनि पारित भएको कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।
सञ्चालक समितिको प्रस्ताव पारित भएसँगै अब चुक्ता पुँजी २ अर्ब १० करोड को ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बराबरको दस लाख ५० हजार कित्ता बोनस शेयर वितरण हुनेछ ।
कम्पनीको तत्काल जारी गर्ने पुँजी २ अर्ब २० करोड रुपयाँलाई प्रतिशेयर एक सय रुपैयाँका दरले २ करोड २० लाख ५० हजार थान साधारण शेयरमा विभाजन गर्ने प्रस्ताव पनि पारित भएको छ ।
यसैगरी कम्पनीले ताप्लेजुङ जिल्लासिथत निर्माणाधीन अवस्थामा रहेको माथिल्लो तमोर (२८५ मेगावाट) जलविदुत् आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने र उक्त प्रयोगजनका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पनि पारित गररेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल