साञ्जेन (४२.५ मेगावाट) को प्राविधिक परीक्षण पूरा, १५ दिनपछि बिजुली बिक्री सुरु हुने


काठमाडौं : सान्जेन जलविद्युत कम्पनी लिमिटेडवाट निर्माण सम्पन्न भएको सान्जेन जलविद्युत आयोजना (४२.५ मेगावाट ) तीनवटै युनिटको सम्पूर्ण प्राविधिक परीक्षण पूरा भई राष्ट्रिय प्रसारण प्रणालीमा जडान भएको छ ।
कम्पनी सचिव घनश्याम श्रेष्ठका अनुसार अव विद्युत खरिद विक्री सम्झौता वमोजिम १५ दिन पछि नेपाल विद्युत प्राधिकणलाई विद्युत विक्री शुरु गरिनेछ।
प्रत्येक युनिट १५ मे वा क्षमताका ३ वटै युनिटको सम्पूर्ण प्राविधिक परीक्षण पूरा भएको श्रेष्ठले बताए ।
उक्त कम्पनीको दुवै आयोजना सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनावाट विद्युत विक्री वापत कम्तिमा वार्षिक १ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीले प्रवर्द्धन गरेको साञ्जेन स्वदेशी लगानीमा निर्मित आयोजना हो ।
सम्पूर्ण संस्थापक तथा सर्वसाधारण शेयरधनीलगायत आयोजनामा योगदान पुर्याउने पूर्व कर्मचारी तथा कार्यरत सवै सहकर्मी कर्मचारीहरुमा कम्पनीले बधाइ ज्ञापन गरेको छ ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तीन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने