माथिल्लो तामाकोसीको बाँध नियन्त्रण कक्षमा पुरिएका चारैजनाको शव निकालियो


काठमाडौं : गत शनिबार माथिदेखि झरेको पहिरोमा परी बेपत्ता भएका माथिल्लो तामाकोसी जलविद्युत्को बाँध नियन्त्रण कक्षमा कार्यरत दुई कर्मचारी र दुई सुरक्षाकर्मीको ४८ घण्टापछि आज शव निकालिएको छ ।
माथिल्लो तामाकोसी विद्युत् केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितका अनुसार बाँध नियन्त्रण कक्षमा पुरिएकाहरुको ४८ घण्टा लगाएर शव झिकिएको हो ।
मृत्यु हुनेमा नेपाली सेनाका दुईजना र अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडका दुईजना कर्मचारी छन् । कर्मचारीहरुमा फोरमेन कृष्णप्रसाद चौधरी र हेल्पर जयराम तामाङ रहेको केन्द्र प्रमुख रञ्जितले बताए ।
चारवटै लासलाई आज दोलखाको चरिकोट अस्पताल लगिएको र त्यहाँ शवपरीक्षणपछि परिवारलाई बुझाइने पनि रञ्जितले जानकारी दिए ।
गत शनिबार बिहान दोलखाको लामाबगरस्थित तामाकोसीको बाँधस्थलको नजिकै रहेको कन्ट्रोल रुम रहेको भवनमाथि पहाडबाट विशाल पहिरो ओइरिएर पुरेको थियो ।
अबिरल वर्षा र तामाकोसीमा आएको विशाल बाढीका कारण पुरिएको भवनमा गएर तत्काल उद्धार गर्न सकिएको थिएन ।
हिजो ऊर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त घटना भएको भोलिपल्ट मात्र घटनास्थलमा सुरक्षाकर्मी जान सकेको बताएका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल