वर्षको पहिलो कारोबारमै घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ : स्थानी बजारमा वर्षको पहिलो कारोबारमै सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
चैत मसान्तमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार पहिलो कारोबार हुँदा भने १७०० रुपैयाँ घटेर कारोबार भएको हो ।
महासंघका अनुसार एक वर्ष (२०८० चैत ३० देखि २०८१ चैत ३१) अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको थियो ।
यसैबिच चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ