दुई दिन बन्द गरियो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना


काठमाडौं,: बाढीपहिरोले क्षति पुर्याएपछि झण्डै तीन महिनासम्म बन्द भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई दुई दिन बन्द गरिएको छ ।
संरचनामा सरसफाइ लगायतका काम गर्न शनिबार बिहान सात बजेदेखि आइतबार बेलुका आठ बजेसम्मका लागि आयोजना बन्द गरिएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।
‘अहिलेसम्म रन अफ रिभर मोडमा चलाइएको थियो’ गौतमले भने, ‘यो सटडाउन अवधिमा फर्मवर्क, स्काफोल्डिङ पाइप्स निकालेर बाँकी ग्राउन्टिङ र स्टिल प्लेट्स जडान कार्य सम्पन्न गरेर पिकिङ मोडमा पूर्ण क्षमतामा चलाउने योजना छ ।’
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले यो आयोजनामा क्षति पुर्याएको थियो भने चार जनाको ज्यान पनि गएको थियो । क्षतिग्रस्त संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको थियो । त्यतिबेला नदीमा उपलब्ध पानीको बहावलाई पूर्णरुपमा प्रयोग गरी दैनिक औसत १२० मेगावाट मात्र विद्युत् उत्पादन गरिएको थियो ।
नेपालमा सञ्चालनमा रहेका जलविद्युत् गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र दोलखाको बिगु गाउँपालिका १ मा पर्दछ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्