कुलमान र हितेन्द्रदेवका पक्षमा बहस गर्ने वकीलहरु को को छन् ?


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको रिट उपर यतिखेर सर्वाेच्च अदालतमा बहस जारी छ ।
घिसिङका पक्षबाट अधिवक्ता दीनमणि पोखरेलले आफ्नो जिकिर पूरा गरेका छन् भने अर्का अभिवक्ता माधव बस्नेतको बहस जारी छ । खाजा खाने समयसम्म बस्नेतले बहस गरेका थिए भने उनको बहस खाजापछि पनि जारी हुने अधिवक्ता रामबहादुर लामाले बताए ।
कुलमानका पक्षबाट बहस गर्नेहरु पोखरेल र बस्नेतका अतिरिक्त मेघराज पोखरेल, गान्धी पण्डित, हार्दिक सुवेदी, चण्डेश्वर सुवेदी, रामनारायण बिंडारी, तुलसी भट्ट लगायत छन् ।
त्यसैगरी हितेन्द्रदेव शाक्यको तर्फबाट दुईजना सरकारी वकीलका साथै वरिष्ठ अधिवक्त शम्भु थापा, सिताराम भट्टराई, सुशील पन्त लगायतका छन् ।
सर्वाेच्च अदालतमा रहेका अधिवक्ता लामाका अनुसार दुबै पक्षका कानुन व्यवसायीको बहस सकिएन भने हेर्दाहेर्दैमा रहने र सोही इजलासले भोलि सुनुवाई गर्नेछ ।
सर्वाेच्चका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई भइरहेको छ ।
सरकारले कुलमानलाई गत चैत ११ गते चार महिना अवधि बाँकी छँदै बर्खास्त गरेर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानले आफूलाई सरकारले गैरकानुनी तवरबाट बर्खास्त गरेको भन्दै यही चैत १४ गते सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।
उता शाक्यले पनि आफ्नो ४२ महिनाको अवधिको तलब भत्ता पाउनुपर्ने र आफ्नो नियमअनुसार रकम पाउनुपर्ने तथा सरकारले आफूलाई सरुवा गरेर काम गर्न नदिएको भन्दै रिट दर्ता गराएका थिए ।
यी दुबै रिटलाई एकसाथ (लगाउ) सुनुवाई भइरहेको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव