प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

काठमाडौँ,: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ ।
सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता
-
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँको अनुमान
-
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो