मध्य भोटेकोशी जलविद्युत आयोजनाकाे उत्पादन परीक्षण शुरू


काठमाण्डाै : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत आयोजनाले निर्माण गरेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाले उत्पादन परीक्षण शुरू गरेकाे छ । आज पुस २७ बाट सुरु भएको प्राविधिक परिक्षण माघ १५ गते सोमबारसम्म गरिने छ ।
सिन्धुपाल्चोक जिल्लामा अवस्थित आयोजनाले पुस २७ गते शुक्रबारबाट परीक्षणको तयारी गरेको हो । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ र ५ तथा बाह्रबिसे नगरपालिका ५,६,७ र ८ मा पर्ने आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर, स्टपलग, सुरुङ्ग लगायत अन्य हेडवर्क्सका संरचनाहरूको प्राविधिक परीक्षण गर्न पौष २७ गते शुक्रबार देखि माघ १५ गते सोमबारसम्मको अवधि तोकेको छ ।
उक्त अवधिमा आयोजनाको जलाशय, तथा सुरुङ्गमा पानी भरेर परीक्षण गर्ने प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले जानकारी दिए । ‘हामीले आजबाट आयोजनामा पानी भर्ने काम सुरु गरेका छौं’ उनले भने । आयोजनाको प्रशारण लाइन भने हालसम्म पुरा नभएको प्रमुख शिवाकोटीले जनाए । ‘आयोजनाको प्रशारण लाइनतर्फ ६ वटा पोलमा लाइन तान्ने काम बाँकी छ,’ उनले भने, ‘ ६ महिनादेखि अवरोधमा रहेका स्थानीयसँग सहमति भएका कारण अबको १ हप्तामा सो काम सकिन्छ ।’
२०६८ साल कात्तिकमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको उक्त कम्पनीले उक्त आयोजना सन् २०१३ मा निर्माण सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेको थियो । आयोजनाको आन्तरिक असमझदारी, स्थानीय राजनीतिक द्वन्द्व, बाढीपहिरो, भूकम्प, कोरोना लगायतका समस्याका कारण निर्माणमा ढिलाइ भएको कम्पनीको दाबी छ ।
शुक्रबारबाट हुने परीक्षणका क्रममा आयोजनाको बाँधस्थलमा पानी थुन्ने र छाड्ने काम गर्नुपर्ने भएको हुँदा सो क्षेत्रमा सावधानी अपनाउन समेत आयोजनाले आग्रह गरेको छ ।
फाेटाे : अरूणप्रशाद न्याैपाने
आयाेजनाका लेखा तथा प्रशासन



लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन