ब्याजदर घटाए १० वाणिज्य बैंकले, कस्को कति ?


काठमाडौं : अधिकांश बैंकहरूले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाउका छन् ।
सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा १० वटाले ब्याजदर घटाएका छन् । ९ वटाको स्थिर रहँदा सानिमा बैंकले बढाएको छ । सानिमाले कात्तिकका लागि ०.२५ प्रतिशतले ब्याजदर बढाएको छ । अब यस बैंकको मुद्दती निक्षेपको ब्याजदर ६.१५ पुगेको छ । असोजमा ५.९ प्रतिशत थियो ।
सबैभन्दा बढी हिमालयन बैंकको घटेको छ । यस बैंकले ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो । कात्तिकमा मुद्दती निक्षेप राख्नेहरूलाई अब यस बैंकले ६.२५ प्रतिशत दिनेछ । असोजमा ७ प्रतिशत थियो ।
वाणिज्य बैंकहरूको असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत बिन्दुले ब्याजदर घटेको हो । असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन