कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक

जलसरोकार
मंगलबार, असोज २८, २०८२ | ११:२४:१३ बजे

 

काठमाडौं,: मंगलबार सुनको मूल्य एकैदिनमा तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

सोमबारसम्म तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार अचानक बढेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेकोले यसको प्रत्यक्ष असर स्थानीय बजारमा पनि देखिएको महासङ्घको विश्लेषण छ ।

यसैबीच, चाँदीको मूल्य पनि मंगलबार बढेको छ । सोमबार तोलामा ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ३ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च बिन्दु मानिएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज २८, २०८२ | ११:२४:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया