१५६.५ किलोवाट विद्युत् उत्पादन हुने ११ लघु जलविद्युत् आयोजना प्रयोगविहीन


पर्वत: जिल्लाका दुर्गम गाउँ–बस्तीमा उज्यालो पु¥याउने उद्देश्यले निर्माण गरिएका ११ लघु जलविद्युत् आयोजना लामो समयदेखि बन्द भएका छन् । युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा आएका यी आयोजनाहरू अहिले प्रयोगविहीन बनेका हुन् ।
स्थानीयका अनुसार, सात वर्षअघिसम्म जिल्लामा तीन मात्र आयोजना सञ्चालनमा थिए । तर केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएपछि ती पनि बन्द भएका छन् । अब स्थायी मर्मत अभाव, सानो उत्पादन क्षमता र स्थानीय सक्रियताका कमीका कारण आयोजनाहरू अलपत्र अवस्थामा छन् ।
बन्द रहेका प्रमुख आयोजनाहरूमा पैंयुँ–६ सरौखोलाको १२ किलोवाट अगुवाखोला, हुवास–४ को १२ किलोवाट गेडीखोला, भोर्ले–७ को १६ किलोवाट धुँवाकोट, फलेवास–११ को ७.५ किलोवाट गढिसिद्ध र ११ किलोवाट बाच्छाखोला, मोदी–४ को १६ किलोवाट घट्टेखोला, विहादी–१ बाच्छा–बाच्छाखोलाको १९ र २१ किलोवाट बाच्छाखोला, मोदी–१ भुकताङ्गलको २७ किलोवाट ठाडोखोला, महाशिला–२ भोक्सिङको ६ किलोवाट छहरेखोला र ९ किलोवाट छर्छरेखोला समावेश छन् ।
तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार, “स्थानीय तहले पनि मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । केन्द्रीय लाइन विस्तार भएपछि गाउँमा सञ्चालित आयोजनाको उपयोग नगरी बेवास्ता भयो ।”
यी ११ लघु जलविद्युत् आयोजनाबाट १५६.५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो र करिब १,४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित थिए । शिलाकारले भने, “२५ वाट बल्ब महिनाभर चलाउनमा रु २५ मात्र तिरे पुग्थ्यो । तर अब केन्द्रीय लाइन आएपछि स्थानीयले लघु जलविद्युत्को उपयोग नगरेका छन् ।”
कुल रु २ करोड २५ लाख लगानीमा निर्माण भएका यी आयोजनाहरू अहिले भग्नावशेष अवस्थामा पुगेका हुन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन