अरुणभ्याली हाइड्रोको २० लाख कित्ता सेयर लिलामी बिक्रीमा


काठमाडौं – अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यसअघि लगानीकर्ताका लागि जारी गरेको हकप्रद निष्कासनमा करिब २० लाख कित्ता सेयर नबिकेपछि लिलामी गर्ने भएको छ । यसअघि १ बराबर १ को अनुपातमा कम्पनीले हकप्रद सेयर जारी गरेको सेयर बिक्री नभएपछि लिलामी गर्ने भएको हो । कम्पनीले वैशाख १० देखि लिलामी बिक्रीमा राख्ने भएको छ ।
सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले १९ लाख ९२ हजार १३४ कित्ता साधारण सेयरका लागि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह गरेको छ ।
इच्छुक लगानीकर्ताले वैशाख १० देखि २४ गतेसम्म न्यूनतम १ सय रुपैयाँ कायम हुनेगरी १ सय कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तानी गरेको रकमको भौचर पेश गर्नुपर्नेछ ।
क्यापिटलको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी तथा महेन्द्रनगरबाट आवेदन फारम पाइने र तिनै केन्द्रमा बुझाउन सकिने छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन