नेप्से सामान्य अङ्कले बढ्दा ५ अर्बमाथिको कारोबार


काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ। आज तीन सय २२ कम्पनीको एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता शेयर ६६ हजार पाँच सय १९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ बराबरको कारोबार भएको हो।
आजको कारोबारमा विकास बैंक एक दशमलव ५६, वित्त दुई दशमलव ११, जलविद्युत् शून्य दशमलव १९, लघुवित्त एक दशमलव ३६ र म्युचुअल फन्ड शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव २५, जीवनबीमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव २२, निर्जीवन शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले घटेको छ।
नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव एक प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै मेरो माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको रु २४ करोड ३२ लाख १८ हजार चार सय ९५ बराबरको तीन लाख ६४ हजार छ सय ९५ कित्ता शेयर किनबेच भएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्