६.४ म्याग्निच्यूडको भूकम्प


काडमाडौं : एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
तिब्बतको खिज्याङ (सिगात्सेदेखि २८ किलोमिटर) आज बिहान ६ बजेर १० मिनेटको गएको भूकम्पको महसुस नेपाल र भारतमा समेत परेको छ । भूकम्प ६.४ म्याग्निच्यूडको रहेको र १० किलोमिटर भूगर्भबाट उत्पन्न भएको नेपालका प्राविधिकहरुले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।
सूर्याेदयअघि आएको उक्त भूकम्पका कारण काठमाडौंमा मानिसहरु घरबाट बाहिर निक्लेका थिए ।
अमेरिकी भौगर्भिक समाज (यूएसजीएस) ले उक्त भूकम्प ७.१ म्याग्निच्यूड रहेको जनाएको छ । उक्त क्षेत्रमा तरलता उत्पन्न हुन सक्ने क्षेत्र नजिकै बसोबास गर्ने मानिसको संख्या कम रहेको, तर अतिसंवेदनशील क्षेत्रमा तरलता क्षति वा मृत्यु अझै सम्भव रहेको जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँको अनुमान
-
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो
-
देशभर मौसम आज पनि सफा रहने