९६.८५ प्रतिशत जनसंख्यामा खानेपानी पहुँच


काठमाडौं : खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या ९६.८५ प्रतिशत पुगेको छ ।
अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक सर्वेक्षण २०८१÷८२ मा गत फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या ९६७.८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर० सेवाको पहुँच पुगेको जनसंख्या २८.५० प्रतिशत रहेको उल्लेख छ ।

२०८१ असार मसान्तसम्म आधारभूत सेवा पुगेको जनसंख्यण ९६.७५ र सुरक्षित खानेपानी सुविधा पुगेको जनसंख्या २३७.७६ प्रतिशत थियो ।
चालू अािर्थक वर्षको फागुनसम्म विभिन्न १७ खानेपानी आयोजना सम्पन्न भएका छन् । सम्पन्न भएका आयोजनाबाट यस अवधिमा थप २ लाख ५ हजार ५ सय ६९ जनस)ख्यामा खानेपानी सेवा विस्तार भएको आर्थिक सर्वेक्षणमा छ ।
सर्वेक्षणले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत खानेपानी वितरणको लागि ७९.६ किलोमिटर पाइप बिच्छ्याउने लक्ष्य रहेकोमा २०८१ फागुन मसान्तसम्म ७६० किलोमिटर पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४६ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४ सय स्थानमा वर्षातको पानी संकलन प्रविधि जडान भएको पनि आर्थिक सर्वेक्षणमा छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन