सेयर बजारको ओरालो यात्रामा ब्रेक, व्यापार समूहको सेयर मूल्यमा उछाल


काठमाडौं– बजेटपछि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक आइतबारको कारोबारमा भने बढेको छ । आज सेयर बजार १३ अंकले बढेको हो । जेठ १५ गते संसदमा बजेट प्रस्तुत भएपछि आरालो लागेको बजार आजको कारोबारमा भने १३.५१ अंकले सकारात्मक रह्यो । बजेटपछि भएका दुई दिनको कारोबारमा ४४ अंक घटेको बजार आज भने लयमा फर्किएको हो ।
साताको पहिलो कारोबारको दिन आइतबारको कारोबार समयपछि सेयर बजार मापक २०८३.०४ विन्दुमा उक्लिएको छ ।
आजको कारोबारमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेड तथा मकर जितुमाया सुरी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
बजार सकारात्मक रहँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँ बराबरको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ६५ हजार ६५४ पटकमा खरिद बिक्री भएको छ । समूहगत उप सूचकतर्फ इन्भेष्टमेन्ट, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्युचअल फण्ड समूह घट्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
आजको कारोबारमा व्यापार समूह उच्च अंकले वृद्धि भएको छ । व्यापार समूह ६.५६ प्रतिशतले बढेको छ, बैकिङ समूह १.११ प्रतिशत, फाइनान्स समूह २.१७ प्रतिशत, जलविद्युत् समूह १.२६ प्रतिशतले उकालो लाग्यो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन