“बत्तीको उज्यालो मात्रैले देश समृद्ध हुँदैन” : घिसिङ

-lg-1753419823.jpg)
काठमाडौं: नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङले मुलुकको समृद्धिका लागि बहुआयामिक विकास आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै घिसिङले केवल बत्तीको उज्यालोले मात्रै मुलुक समृद्ध नहुने स्पष्ट पारे ।
समारोहको प्रमुख अतिथिसमेत रहेका घिसिङले भने, “देशको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतका सबै क्षेत्रमा उज्यालो फैलिनु आवश्यक छ ।”
उनले समावेशी र समग्र विकासले मात्र दीगो समृद्धिको आधार तयार हुने धारणा राखे । साथै, घिसिङले ऊर्जा क्षेत्रमा भएको प्रगति सराहनीय भए पनि अन्य क्षेत्रलाई समेत प्राथमिकता नदिइ समृद्ध राष्ट्र निर्माण सम्भव नहुनेमा जोड दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन