सेयर बजारमा झिनो अंकको बढोत्तरी


काठमाडौं – साताको दोस्रो कारोबारको सेयर बजार झिनो अंक बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ०.०७ ले बढेर १९८० अंकमै स्थिर रहेको छ । झिनो अंकले बढेको बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिनको कारोबारमा २ अर्ब ६८ करोडको सेयर खरिद बिक्री भएको बजारमा आज २ अर्ब ९५ करोडको भएको छ ।
९९ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने १७ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.१७ प्रतिशत बढ्यो । फाइनान्सका अलावा विकास बैंक १.६६ र बैंकिङ ०.२९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.५०, जीवन बीमा ०.२५, उत्पादन ०.०६, निर्जीवन बीमा ०.५१, अन्य ०.८२ र ब्यापार ०.४५ प्रतिशत घटे । माइक्रोफाइनान्स समूह स्थिर रह्यो ।
पोखरा, जानकी र नेपाल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ७।६, सप्तकोशी विकास बैंकको ६.९९ तथा माण्डु हाइड्रोपावरको ६.१ प्रतिशत बढ्यो । त्यस्तै पिपुल्स पावरको ६, इन्स्टर्न हाइड्रोपावरको ३.८, मेन्छियाम हाइड्रोपावरको ३.२ तथा चिरख्वा हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य घट्यो । कारोबारका आधारमा पोखरा फाइनान्स, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गोर्खाज फाइनान्स र मल्टिपर्पस फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्