कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बुधबार सेयर बजारमा सबै सूचक घटे, नेप्से ४५ अंकले तल झर्‍यो

जलसरोकार
बुधबार, असोज २२, २०८२ | १६:१३:५८ बजे

 

काठमाडौं: बुधबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंकले घट्दै २५५९ अंकमा झरेको छ ।

प्रिओपन सेसनमा बजार ५ अंकले बढे पनि नियमित कारोबार सुरु भएपछि बजार लगातार घट्दै गएको थियो । दिउँसो १ः४१ बजेसम्म नेप्से २५३५ अंकसम्म झरेको थियो, तर त्यसपछि केही सुधार हुँदै बजार २५५९ अंकमा बन्द भयो ।

आज १८ कम्पनीको सेयर मूल्य बढ्दा २३२ कम्पनीको घट्यो र १ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूह सूचकमा गिरावट देखिएको छ ।

सबैभन्दा धेरै फाइनान्स र होटल समूह ३÷३ प्रतिशतले घटे । त्यस्तै बैंकिङ समूह १.४८, विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन १.०६, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा २.०६, अन्य १.२४ र व्यापार समूह ०.४३ प्रतिशतले घटेका छन् ।

बजार सूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ ।

आज मूल्य बढ्ने कम्पनीहरूमा आत्मनिर्भर लघुवित्त ६ प्रतिशत र थ्रीस्टार हाइड्रोपावर ४.७ प्रतिशतले बढे । ऋणपत्रहरू पनि मूल्य वृद्धिमा अग्रस्थानमा रहे ।

त्यसैगरी, प्रभु इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.१२ प्रतिशतले घट्यो । मञ्जुश्री फाइनान्स ५.९६, फस्र्ट माइक्रोफाइनान्स ५.५३ र सयपत्री हाइड्रोपावर ५.४७ प्रतिशतले घटेका छन् ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अग्रस्थानमा रहेका छन् ।

प्रकाशित मिति : बुधबार, असोज २२, २०८२ | १६:१३:५८ बजे

प्रतिक्रिया