सुनकोसी–मरिण डाइभर्सन आयोजनालाई थप १ अर्ब ४० करोड निकासा


काठमाडौँ – अर्थ मन्त्रालयले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सन आयोजनाका लागि १ अर्ब ४० करोड रुपैयाँ थप निकासा दिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजित बजेट अपुग भएपछि अर्थ मन्त्रालयले प्रचलित कानून र स्वीकृत मापदण्डका आधारमा राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनका लागि १ अर्ब ४० करोड रुपैयाँ थप निकासा स्वीकृत गरेको हो ।
अर्थ मन्त्रालयले बैशाख महिनामा सुनकोशी मरिनसहित विभिन्न शीर्षकहरूमा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको थप निकासा दिएको छ । संघीय ससद, अदालत, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, अर्थ मन्त्रालय, गृह मन्त्रालय वन तथा वतावरण, भौतिक पूर्वाधार मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र पराराष्ट्र मन्त्रालयको थप निकासा स्वीकृत गरिएको हो ।
भारतीय पूर्व विदेशमन्त्री एस जयशंकर भ्रमणमा आउँदा खर्च भएको ३२ लाख ८७ हजार रुपैयाँको थप निकासा समेत अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । यस्तै बैशाखमा अर्थ मन्त्रालयले २ अर्ब ४० करोड रुपैयाँ रकमान्तर गरेको छ । १ करोड रुपैयाँभन्दा माथिको एक बजेट शीर्षकबाट अर्को बजेट शीर्षकमा उक्त रकम बराबर अर्थ मन्त्रालयले रकमान्तर गरेको हो ।
अर्थ मन्त्रालयले बुढीगंगा जलविद्युत आयोजनाको १२ करोड १७ लाख रुपैयाँ बजेट कटौती गरेर नदी नियन्त्रणका लागि रकमान्तर गरेको छ । यस्तै बुढीगंगाकै २ करोड बजेट कटौती गरेर बृहत सरकारी सिँचाइ आयोजनामा पढाएको छ । बुढीगंगाको ८ करोड ५० लाख बजेट कटौती गरेर बबई सिँचाइ आयोजनामा रकमान्तर गरिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको वैकल्पिक सहायक राजमार्गको २ करोड २२ लाख रुपैयाँ बजेट कटौती गरेर निर्वाचन क्षेत्र रणनैतिक सडकतर्फ निकासा दिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको बस्ती सघन सहरी विकास कार्यक्रमको १७ करोड ४५ लाख रुपैयाँ बजेट कटौती गरेर सोही मन्त्रालयको भवन निर्माण संहिता, सरकारी भवन निर्माणमा थपिएको छ । एकीकृत स्वास्थ्य पूर्वाधार विकासको ६ करोड ५५ लाख रुपैयाँ बजेट कटौती गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रकमान्तर गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्