आँखुखोला जलविद्युतले तय गर्यो बुक क्लोजको मिति


काठमाडौं – आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार १९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट उक्त हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएसँगै कम्पनीले साउन १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
हकप्रद सेयर निष्कासनको मितिभने कम्पनीले तय गर्न बाँकी छ ।
बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम शेयधरनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्नेछन् । यस कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन