सेयर बजारमा पुनः १५ अंकको गिरावट


काठमाडौं– सेयर बजार परिसूचक पुन १५ अंकले घटेको छ । आइतबार १२ अंकले बढेको बजार सोमबार पुनः १५.४१ अंक घटेको हो । बजार १५ अंकले घटेर १९६९.०२ मा झरेको छ । आज ४९ कम्पनीको मात्रै सेयर बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । आज २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ५६ लाख ५६ हजार २८२ कित्ता सेयर ३८ हजार ५५२ पटकमा खरिद बिक्री भएका छ ।
बजार घट्दा पिपुल्स पावर लिमिटेड, प्रभु स्र्माट फण्ड, कुमार धनवृद्धि योजना, प्रभु बैंक डिबेन्चर, मानुषी लघुवित्त उच्च कारोबार गर्ने पाँच कम्पनी रहेका छन् । दोल्ती पावर, एनआइसी एशिया लघुवित्त, हिमालयन लघुवित्त, मोलुङ हाइड्रो पावर, सृजनशिल लघुवित्त उच्च गमाउने पाँच कम्पनी रहेका छन् । बजार घट्दा म्युचअल फण्ड समूह ०.०२ प्रतिशतले बढ्दा बाँकी समूह राताम्मे रहे । फाइनान्स समूहमा २.१० प्रतिशतले गिरावट आएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन