रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा सदस्यको नियुक्ति, समृद्धिको दिशामा रणनीतिक खाका तयार गर्ने प्रतिबद्धता


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले देशको दीर्घकालीन समृद्धिमा ऊर्जा तथा जलस्रोत क्षेत्रको योगदानलाई प्राथमिकतामा राख्दै केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा सदस्यहरुको नियुक्ति गरेको छ । राजधानीस्थित पार्टी कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कबिन्द्र बुर्लाकोटीको उपस्थितिमा चारजना सदस्यहरुलाई औपचारिक जिम्मेवारी प्रदान गरिएको हो । कार्यक्रममा विभागका विज्ञ सल्लाहकारहरु नेपाल सरकारका पूर्व सचिवत्रय इ. देवेन्द्र कार्की, इ. सुशीलचन्द्र तिवारी र इ. मधु भेटुवालको समेत उपस्थिति रहनुले नियुक्तिलाई थप प्रष्ट मार्गनिर्देशनको संकेत दिएको छ ।

नवनियुक्त सदस्यहरूमा वरिष्ठ इन्जिनियर तथा ऊर्जा विज्ञ इ.डा. रामहरी पौड्याल, खानेपानी तथा सरसफाइ क्षेत्रका अनुभवी इन्जिनियर तथा पूर्व सहसचिव चोक धिताल, पूर्व बैंकर तथा इप्पान बोर्ड सदस्य सुमन कुमारी जोशी र नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक तथा नेशनल कलेज अफ इन्जिनियरिङका सिभिल इन्जिनियरिङ्ग विभागका प्रमुख इन्जिनियर अम्बिकेश कुमार झा छन् ।
कार्यवाहक सभापति अर्यालले पार्टी सत्ता जिम्मेवारीमा पुग्नुअघि नै रणनीतिक नीति, कार्ययोजना र कार्यान्वयनको स्पष्ट खाका तयार पार्न आवश्यक रहेको उल्लेख गर्दै विभागले दीर्घकालीन दृष्टिकोणसहित देशको समृद्धिमा टेवा पुर्याउने गरी भूमिका खेल्नेमा आफू आशावादी रहेको बताए । उनले भने, ‘नीति निर्माणदेखि कार्यान्वयनसम्मको स्पष्ट खाका बनाउन विभागले अग्रसरता लिन्छ भन्ने विश्वास हामीले लिएका छौँ ।’
महामन्त्री बुर्लाकोटीले पूर्व सचिव र अनुभवी इन्जिनियरहरूको सहभागिता विभागका लागि ठोस निर्णय लिने बलियो आधार बन्ने विश्वास व्यक्त गर्दै दिगो समाधान र परिणाममुखी पहल अबको लक्ष्य रहेको बताए ।
विभाग प्रमुख श्रीराम न्यौपानेले विभाग गठन लगत्तै चोभार गल्छीसम्बन्धी नीतिगत संवाद सुरु भइसकेको जानकारी दिँदै अब तत्कालै कार्यान्वयन गर्न सकिने पहलहरू र दीर्घकालीन नीति निर्माणमा विभाग जुट्ने बताए । ऊर्जा तथा जलस्रोतको व्यवसायिक उपयोग, वैदेशिक लगानी प्रवद्र्धन, जलवायु अनुकूलन रणनीति लगायतका विषयमा जोड दिँदै २०८४ काे चुनाव पश्चातकाे तीन महिनाभित्र जनताले अनुभूति गर्न सक्ने गरी काम गर्नका लागि आवश्यक नीति बनाउने विषयमा हामी प्रतिबद्ध छौं’ उनले भने ।
नवनियुक्त सदस्यहरुद्वारा आफ्नो जिम्मेवारीलाई नेपालको जलस्रोतको अधिकतम उपयोग गर्दै ऊर्जा सुरक्षाबाट आर्थिक समृद्धिमा रुपान्तरण गर्न रणनीतिक खाका तयार पार्ने प्रतिबद्धता व्यक्त गरिएकाे छ । उनीहरूले अनुभवी विज्ञहरूको सुझावलाई समेट्दै कार्ययोग्य ब्लुप्रिन्ट विकास गर्ने र नेपालका जलस्रोत तथा ऊर्जा क्षमता उपयोगमा नयाँ दिशा दिन सकिने बताएका छन् । यस नियुक्तिबाट रास्वपाले विकासको मेरुदण्ड मानिएको ऊर्जा तथा जलस्रोतलाई केन्द्रमा राख्दै नीति-निर्माणदेखि कार्यान्वयनसम्मका पहललाई गम्भीरतापूर्वक अघि बढाउने संकेत दिएको छ
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्