सेयर बजार ७.९४ अंकले घट्दा राधी विद्युत्काे सबैभन्दा धेरै कारोबार


काठमाडौं ः आज सेयर बजार ७.९४ अंकले सेयर बजार घटेको छ । हिजो झण्डै ५० अंकले बढेको सेयर बजारमा आज गिरावट आएको छ ।
आज नेप्से ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा रोकियो । १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रूपैयाँ बराबरको कारोबार हुँदा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिदबिक्री भयो ।
आज कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । भने, १५३ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य थपघट भएको छैन ।
राधी विद्युत कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ७१ करोडभन्दा बढीको कारोबार भएको हो । ओम मेगाश्री फर्माको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन