वामदेव गौतम बुधबार (भोलि) एमालेमा प्रवेश गर्ने


काठमाडौं,: पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बुधबार (भोलि) एमालेमा प्रवेश गर्ने भएका छन् ।
आज बोलाइएको एमाले सचिवालय बैठकको एजेन्डामा गौतम र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश छ ।
एमालेका पूर्वउपाध्यक्ष समेत रहेका गौतमले भने, ‘हाम्रो व्यवस्थापनबारे पार्टीले आज केही निर्णय लियो भने हामी भोलि प्रवेश गर्छौं ।’
सचिवालय बैठकमा आफूहरुको व्यवस्थापनलाई अलग्गै एजेन्डा बनाएकोमा खुशी लागेको गौतमले बताए ।
‘जेजस्तो जिम्मेवारी दिनुहुन्छ, हामी स्वीकार गर्छौं, हाम्रो मुख्य उद्देश्य सुदृढ एमाले र एकताबद्ध कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने नै हुन्छ,’ उनले भने ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन