भीम रावलको टिप्पणी : आफ्नो भक्त गभर्नर नियुक्त गर्न मापदण्ड हटाउने निर्णयलाई अदालतले रोक्यो


काठमाडौं : नेपाल राष्ट्र बैककाे गभर्नर नियुक्ति गर्न सरकारले उमेर हद मापदण्ड हटाउने सरकारको निर्णयलाई लिएर मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले टिप्पणी ।
डा.रावलले आफ्नो भक्त गभर्नर नियुक्त गर्न ६५ वर्षको मापदण्ड हटाउने निर्णय गरेको भएपनि अदालतले रोकिदिएको टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सधैं आफ्नो निहित स्वार्थमा चल्ने गरेको आरोप समेत लगाए ।
‘संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै एक पटक समेत गरी दुई पटक निहित स्वार्थमा प्रतिनिधिसभा विघटन गरेर कम्युनिष्ट पार्टी र जनताको आकाक्षामा तुषारापात गर्ने प्रधानमन्त्री ओली कुशासनको आफ्नो भक्त गभर्नर नियुक्त गर्न ६५ वर्षको मापदण्ड हटाउने निर्णयलाई अदालतले रोकेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कानून र लोकतान्त्रिक मान्यता मिच्ने सरकारका प्रधानमन्त्रीको सात बुँदे सहमतिमा लेखिएको सुशासन कुन दराजमा धुलोले ढाकिएको छ ? भन्दै प्रश्न गरे।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन